थाइल्यान्डस्थित नेपाली मन्दिरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्यान्डकाे नेपाली मन्दिरमा राम नवमीकाे अवसरमा भगवान राम र सीताकाे मूर्ति प्राण प्रतिष्ठा गरिएकाे छ ।

बैंकककाे सुकुम्बित ८१ सिरिफाेट स्थित अवस्थित श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार विहान ८ बजेर ४५ मिनेटकाे शुभ मुर्हतमा पण्डित पदम प्रसाद भट्टराईले भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका हुन् ।

त्रिनाथ मन्दिरमा पहिलाेपटक भगवान रामकाे प्राण प्रतिष्ठा गरिएकाे मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिए । प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए ।

राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपाल भाषीकाे पनि आस्थाकाे केन्द्र रहेकाे भन्दै संरक्षण तथा प्रवर्द्धनमा सघाउने बताए । प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएकाे थियाे ।

हवन तथा आरती पूजा गरिएकाे कार्यक्रममा आगन्तुक नेपाली तथा थाइ नागरिकलाई खीर प्रसाद वितरण गरिएकाे थियाे । त्रिनाथ देवालय धाम थाइल्यान्डबासी नेपालीकाे एकमात्र धार्मिक स्थल हाे ।

३२ वर्षअघि स्थापना भएकाे मन्दिरमा थाइल्यान्डमा बस्ने नेपालीहरूले विभिन्न चाडपर्व मनाउने तथा पूजा पाठ गर्दै आएका छन् ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
77%
1 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ