किर्गिस्तानमा विद्यार्थीलक्षित आक्रमण, विद्यार्थीलाई बाहिर ननिस्कन निर्देशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

किर्गिस्तान। किर्गिस्तानको राजधानी शहर बिस्केकमा विद्यार्थीलक्षित आक्रमणको घटना सार्वजनिक भएको छ । छात्रावास बाहिर भएको हिंसात्मक घटनापछि भारत र पाकिस्तानले आफ्ना विद्यार्थीलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिस्केकमा रहेका आफ्नो देशका विद्यार्थीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् । उन्ले विद्यार्थीलाई हरसम्भव सहयोग गर्न दूतावासलाई निर्देशन दिएका छन् । हिजो सामाजिक सञ्जालमा आएका केही पोष्टमा आक्रमणमा परी तीन जना पाकिस्तानी विद्यार्थी मारिएको दाबी गरिएको छ । तर यसको अहिलेसम्म आधिकारीक पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी दूतावासले मे १३ तारिखमा किर्गिज र इजिप्टका विद्यार्थीबीच भएको झगडाको भिडियो सामाजिक सञ्जालमा आएको जनाएको छ । यो भीडले भारत, पाकिस्तान र बङ्गलादेशका विद्यार्थी बसोबास गर्ने बिस्केकका छात्रावास र होस्टेललाई निशाना बनाएको खबरमा उल्लेख छ । पाकिस्तानपछि भारतले पनि किर्गिस्तानमा बस्ने आफ्ना विद्यार्थीलाई बाहिर ननिस्कन निर्देशन दिएको छ ।

एजेन्सी

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ