लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेका दुई लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

बिहीबारदेखि यी दुबै कम्पनीको सेयर कारोबार भएको हो । यी संस्थाहरु एकआपसमा गाभ्ने—गाभिने कार्य सम्पन्न भई आजबाट एकीकृत कारोबार सुरु हुने भएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

एकआपसमा गाभिएपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई सातापछि एउटै कम्पनीको नामबाट सेयर कारोबार सुरु हुनेछ ।

डीडीए रिपोर्टको आधारमा १ सेयर बराबर ०.८५३५ कित्ता अनुपातमा यी दुई संस्था मर्ज भएका हुन् । यसको अर्थ तत्कालीन बीपीडब्लू लघुवित्तको १ कित्ता सेयर बराबर नयाँ गाभिएपछि बन्ने सामुदायिक लघुवित्तको ०.८५३५ कित्ता सेयर हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ