दाङदेखि रुकुमसम्म टेलिकमको टेलिफोन सेवा अवरुद्ध

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

अन्य सामान्य खालका मर्मत स्थानीय प्राविधिकहरुले नै गर्न सक्ने तर विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरण भएकाले विशेष टोली बुटवलबाटै पठाउनु परेको उहाँको भनाई छ ।

प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित भएको छ । फोन नलाग्ने समस्या आएपछि टेलिकमका सेवाग्राही मर्कामा परेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ