थाइल्याण्डले आजदेखि कम्बोडियाको पोइपेटमा फोन र इन्टरनेट सिग्नल बन्द गरेको छ, ठगी नेटवर्क नियन्त्रणमा कडा कदम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड– थाइल्याण्डले कम्बोडियाको पोइपेटबाट सञ्चालन भइरहेका कल सेन्टर ठगीहरू नियन्त्रण गर्न टेलिकम्युनिकेशन सेवा कटौती गर्ने कदम चालेको छ। अनुसन्धान अनुसार, यी ठगी समूहहरू थाइल्याण्डबाटै इन्टरनेट र टेलिफोन सिग्नलहरू प्रयोग गर्दै आएको पुष्टि भएपछि थाइ अधिकारीहरूले कडा कदम चालेका हुन्।

थाइल्याण्डको National Broadcasting and Telecommunications Commission (NBTC)Provincial Police Region 2 को सहकार्यमा, ठगहरूको पहुँच रोक्न टेलिकम्युनिकेशन ट्रान्समिशन कम गरिएको छ भने केही स्थानमा टेलिफोन पोलहरू हटाइएको छ। अधिकारीहरूले यस कदमले थाइ नागरिकहरूको टेलिफोन प्रयोगमा कुनै असर नगर्ने स्पष्ट पारेका छन्, किनभने स्थानीय क्षेत्रहरूमा सिग्नल ट्रान्समिशन प्यानलहरू स्थापना गरिनेछ।

थाइ अधिकारीहरूले साकेओ प्रान्तबाट पोइपेटसम्म लत्रिएको एक रहस्यमयी इन्टरनेट केबल पनि पत्ता लगाएका छन्। तीनमध्ये दुई केबलहरू वैधानिक सञ्चालकहरूको भएको पुष्टि भइसकेको छ, तर एक केबल कसको हो भन्ने अज्ञात रहेको छ। अनुसन्धान अनुसार, यो पोइपेटका छ वटा इन्टरनेट नेटवर्क साइटहरूसँग जोडिएको पाइएको छ, जसले ठगी गतिविधिमा प्रयोग भइरहेको आशंका गरिएको छ।

थाइल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई लक्षित गर्दै गरिएको ठगी नियन्त्रण गर्न यो अभियानलाई थप कडा बनाउँदै छ। टेलिकम्युनिकेशन आपूर्ति रोक्दा ठगहरूको सञ्चार बन्द हुने र उनीहरूको नेटवर्क कमजोर पार्ने उद्देश्य राखिएको छ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ