थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि सडक खण्ड भोलिदेखि बन्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा, । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न शुक्रबारदेखि असार २० गतेसम्मका लागि दिउँसोको समयमा बाटो बन्द गरिने भएको हो ।

सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले थानकोट–चन्द्रागिरि खण्डको सडक निर्माण सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी सडक बन्द गरेर काम गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले सडक मर्मतका क्रमममा आवागमन गर्न सुरक्षाको जोखिम रहेको भन्दै मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरुपमा सडक बन्द गरी निर्माण एवं मर्मत सुधार कार्य गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द हुने बताउनुभयो ।

थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ ।

सेतो पहरोदेखिको उच्च ग्रेड रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ र उकालो कम गर्ने लगायतका काम गरिने बताउँदै वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गर्नुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ