साहित्य मन थाइल्याण्डद्वारा ‘मेरो रचना मेरै भाषामा’ को ११ औं श्रृंखला भव्यताका साथ सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको विशेष सन्दर्भ पारेर ‘साहित्य मन थाइल्याण्ड’ले आफ्नो नियमित अनलाइन श्रृंखला ‘आदर्श दिव्य दर्पण’ अन्तर्गत ११ औं भाग ‘मेरो रचना मेरै भाषामा’ सफलताका साथ सम्पन्न गरेको छ। विश्वभर छरिएका विभिन्न भाषाका सर्जकहरूलाई एउटै डिजिटल मञ्चमा जोड्दै आयोजित यस कार्यक्रममा भाषिक विविधता र साहित्यको प्रवर्द्धन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका डा. टिकाराम उदासीले अन्तर-भाषा सम्बन्धी विशेष मन्तव्य राख्दै भाषा संरक्षणको मार्गचित्र प्रस्तुत गर्नुभयो। त्यसैगरी विशिष्ट अतिथि एवं काशी हिन्दू विश्वविद्यालय (BHU), भारतीय भाषा विभागका प्रमुख डा. दिवाकर प्रधानले भाषा विशेषको मार्गदर्शन दिँदै यसको प्राज्ञिक महत्वमाथि प्रकाश पार्नुभयो। मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरेले अतिथिको रूपमा मन्तव्य राख्दै प्रवासमा नेपाली र अन्य मातृभाषाहरूको संरक्षणमा यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गर्नुभयो।

बहुभाषिक वाचनको क्रममा भारतको उत्तर प्रदेशबाट दीपक गोस्वामीले हिन्दी भाषामा कविता र गजल प्रस्तुत गर्नुभएको थियो भने नेपालबाट बिहानी जोशीले नेपाली भाषामा आफ्नो रचना सुनाउनुभयो। त्यस्तै समिप वैरागी र आशिष कल्पवृक्षले मगर खाम भाषामा, रामगोपाल आशुतोषले नेपाल भाषामा, पुष्पहाङ लोवाले लिम्बु भाषामा र गुरुप्रसाद कुमाल ‘बुलबुल’ ले कुमाल भाषामा कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा इन्द्र चौधरीले थारु भाषा, सुदेश सत्यालले संस्कृत भाषा, थाइल्याण्डबाट योगेन्द्र पोयेकरले थाई भाषा, भीमलाल खनालले बर्मेली भाषा र दीपा रानाले अंग्रेजी भाषामा आ-आफ्ना सिर्जनाहरू प्रस्तुत गरेर भाषिक सद्भावको उत्कृष्ट उदाहरण पेश गर्नुभयो।

‘साहित्य मन थाइल्याण्ड’का अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन राज पौड्याल र रविचन्द्र अधिकारीले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रमको अन्तमा आयोजकले सहभागी सबै सर्जक र अतिथिहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको थियो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
100%
1 km/h
मंगल
22 °C
बुध
23 °C
बिहि
24 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ