पत्रकार महासंघ रुकुम पश्चिमको १४ औं पुर्ण बैठक स्यार्पू तालमा सम्पन्न

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । पत्रकार महासंघ रुकुम पश्चिमको १४ औं पुर्ण बैठक बाँफीकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने पर्यटकीय स्थल स्यार्पू तालमा सम्पन्न भएको छ । सनिबार महासंघले पर्यटकीय स्थल स्यार्पू तालको प्रचारप्रसार गर्ने उदेश्यले १४ औं ऐतिहासिक पूर्ण बैठक स्यार्पूमा आयोजना गरेको हो ।


महासंघको निर्णय तथा स्यार्पू तालको प्रचारप्रसार गर्ने उदेश्यले महासंघको बैठक स्यार्पुमा आयोजना गरिएको पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । महासंघको तीन वर्षे कार्यकालको अन्तिम बैठक भएकाले पनि बैठक स्यार्पूमा आयोजना गरिएको उहाँको भनाई छ ।

बैठकले विभिन्न निर्णयहरु पनि पारित गरेको छ । सातौं जिल्ला अधिवेशन तथा आठौं साधारण सभा चैत ३० गते गर्ने, साधारण सभा सम्पन्न गर्न विभिन्न समिति निर्माण गर्ने लगायतका निर्णय बैठकले पारित गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । स्यार्पूमा आयोजना गरिएको बैठकले पर्यटन प्रवर्द्धन गर्नुका साथै प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


पत्रकार महासंघको बैठक स्यार्पूमा आयोजना गरिएकोमा गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले धन्यवाद ज्ञापन गर्नुभयो । जिल्लाका सबै पत्रकारहरु स्यार्पुमा पुगेकाले स्यार्पूको थप प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष बाँठाले विस्वास व्यक्त गर्नुभयो ।


तालको प्रचारप्रसार गर्न समेत उहाँले पत्रकारलाई आग्रह गर्नुभएको थियो । महासंघको बैठकमा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, २ नम्बर वडा अध्यक्ष प्रकाश खत्री, ५ नम्बर वडा अध्यक्ष तिलविर केसी, स्थानीय आमा समुह, लगायतको उपस्थिति रहेको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
1 km/h
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ