मनाइयो तत्कालिन जिल्ला बिकास समिति रुकुमका सदस्य गणेश शाहको ३० औ स्मृति दिवस

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भाद्र १७,रुकुम पश्चिम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ स्थित जहारी क्यापसको प्राङ्गणमा तत्कालीन जिल्ला बिकास समितिका सदस्य एव नेपाली काङ्ग्रेसका नेता गणेश शाहको ३० औ स्मृति दिवस मनाइएको छ ।


शाहको २०५१ साल भदौ १७ गतेका दिन घरबाट नेपाली काँग्रेस पार्टीको जिल्ला भेलामा रूकुमको सदरमुकाम मुसिकोट जाने क्रममा ( साबिक सिम्ली गा .बि.स. को सुल्लिहाले ) हाल सानो भेरी गा.पा.वडा नं -९ सुल्लिहाले भन्ने ठाउँमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा हत्या गरिएको थियो ।


नेपाली काङ्ग्रेस जिल्ला उपसभापति हर्क सिङ खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चौरजहारी नगर समिती सभापति प्रेम बहादुर ओलि लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बोल्दै उपसभापति खत्रीले तत्कालीन माओवादीले जनयुद्धको नाममा हाम्रा असल,लोकप्रीय नेता ,कार्यकर्ता एव सोझा साझा जनतालाई निर्मम तरिका हत्या गरेको तथा जनतालाइ अनाहकमा दुख,कष्ट दिने गरेको बताउनु भयो । अन्ततः माओवादी हामिले अङ्गालेकै संसदिय व्यवस्थामा आएको समेत बताउनु भएको छ ।

सेयर: 34
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ