रास्वपाको केन्द्रीय समिति बैठक जारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ ।

बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रिय भेलाका साथै पार्टीका समसामयीक गतिविधिबारे छलफल भइरहेको पाटी सहप्रवक्ता मनिष झाले बताए ।

साथै बैठकमा निलम्बित महामन्त्री मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उनले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्नबारे पनि बैठकमा छलफल हुनेछ ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट हटाउने विषयमा छलफल हुने एक नेताले बताए ।

त्यसैगरी, बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
67%
3 km/h
शनि
15 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ