कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्यो, अध्यक्षमा चुनाव लड्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नु भएको जानकारी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

सभापति देउवाले उहाँलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको हो ।

यसैगरी, कांग्रेसले सत्ता गठबन्धनमा नरहेका दलहरूसँग परामर्श गरेर अध्यक्षको उम्मेदवार तय गर्ने जानकारी पनि मुख्य सचिव पौडेलले दिनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
2 km/h
सोम
22 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ