एम्बुलेन्सको ठक्करबाट जयसवालको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । सर्लाहीको मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु र दुई जना घाइते भएका छन् ।

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले बिहीबार राति पैदल हिँडिरहेका मानिसलाई ठक्कर दिएको थियो ।

सर्लाही प्रहरीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार एम्बुलेन्सको ठक्करबाट मलङ्गवा नगरपालिका–३, बस्ने ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मलङ्गवा नगरपालिका–४, का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई शुक्रबार थप उपचारका लागि शुक्रबार  जनकपुर पठाइएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेका प्रेस नोटमा ठक्कर दिने एम्बुलेन्सको नम्बर खुलाइएको छैन ।

प्रहरीले एम्बुलेन्सको नम्वर अनुसन्धानको लागि  खुलाउन नचाहेको प्रेस नोटमा उल्लेख गरेको छ ।

एबुलेन्स चालक र एम्बुलेन्सको अवस्था वारे पत्ता लागिसकेको हुँदा अनुसन्धान कार्यमा प्रभावित हुन नदिनको लागि एम्बुलेन्स नम्वरलाई सार्वजनिक नगरिएको डिएसपी राईले बताए । यद्यपि यस विषयमा आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ