संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

दिनेश बुढाथोकी
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।

सोमबार अन्तिम बैठक बसेपछि  राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले भने, ‘जम्मा दुईवटा निर्णय गरेका छौं, जसमा निर्वाचन आयोगको  सिफारिसमा स्थानिय तहको  रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडा अध्यक्षसम्मको पद खाली भएको  छ , त्यो  खाली भएको  ठाउँमा २०८१ साल मंसिर १६ गते  आइतबारको  दिन निर्वाचन गर्ने निर्णय गरेका छौं , संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र  ३१ गते राति १२ बजे देखि अन्त्य गर्न सम्मानिय राष्ट्रपति समक्ष सिफारिस गर्ने  निर्णय गरेका छौं । ’

साथै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने जनाएको छ । निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ