राष्ट्रियसभा सदस्य निर्वाचन : प्रचार–प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली काँग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो ।

राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली काँग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
59%
3 km/h
आइत
16 °C
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ