आज हुने प्रिमियर लिगको अन्तिम खेलबाट उपाधिको छिनोफानो हुँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज १० वटा खेल हुँदैछन् । आजको खेलबाट उपाधिको छिनोफानो हुनेछ । आज राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभर्टनसँग खेल्दैछ ।

सिटी लगातार चौथोपटक उपाधि नजिक छ । अङ्क तालिकामा शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलबीच दुई अङ्कको अन्तर छ ।

आजको अन्तिम खेलमा सिटीले वेस्ट ह्यामलाई हराउन सकेमा उपाधि जित्नेछ । तर सिटी वेस्ट ह्यामसँग पराजित भएमा आर्सनलले उपाधि जित्नेछ । त्यसका लागि आर्सनलले एभर्टनलाई हराउनुपर्ने हुन्छ ।

सिटीले बराबरी खेल्ने र आर्सनलले एभर्टनलाई हराएको अवस्थामा दुवै टिमको ८९ अङ्क हुनेछ । यस्तो अवस्थामा गोल अन्तरको आधारमा आर्सनलले उपाधि जित्नेछ ।

आजका अरू खेलमा लिभरपुल र उल्भ्स, सेफिल्ड युनाइटेड र टोटनहम, लुटन टाउन र फूलहम, ब्राइटन र म्यानचेस्टर युनाइटेड, ब्रेन्टफोर्ड र न्यूक्यासल, क्रिस्टल प्यालेस र एस्टनभिल्ला, बर्नली र नटिङघम फरेस्ट तथा चेल्सी र बर्नमाउथ खेल्दैछन् । आजका सबै खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछन् । यी खेलसँगै लिगको यो सिजन पनि टुङ्गिनेछ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ