रुकुम पश्चिममा एसईइ परिक्षाको पहिलो दिन शान्तिपुर्ण तरिकाले सम्पन्न

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा परिक्षार्थी शान्तिपुर्ण तरिकाले परिक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

इकाईका प्राविधिक सहायक डायमन्ड पुनका अनुसार आज पहिलो दिनको परीक्षा जिल्लाभरमा शान्तिपूर्ण वातावरणमा सकिएको हो । जिल्लाका २३ वटा केन्द्रमा परीक्षा भइरहेको छ । यसैबिच आज पहिलो दिनको परीक्षामा जिल्ला भर ६८ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

नियमित र ग्रेड वृद्धि तर्फ परीक्षा फारम भरेका मध्ये ६८ जना परीक्षामा सहभागी नभएको पुनले जानकारी दिनुभयो । जसमा नियमित तर्फ छात्र ३९ र छात्रा २० गरी ५९ जना रहेका छन् । त्यस्तै ग्रेड वृद्धि तर्फ ४ जना छात्र र ५ छात्रा गरी ९ जना अनुपस्थित रहेको पुनले बताउनुभयो ।

जिल्लामा एसइईमा सहभागिताका लागि कुल तीन हजार पाँच सय ९३ जना परीक्षार्थीले फारम भरेका मध्य आज पहिलो दिनको परीक्षामा कुल तीन हजार पाँच सय २५ जना परीक्षार्थी उपस्थित भएका हुन ।

जसमा नियमित तर्फ साधारण र प्राविधिक धार गरी तीन हजार पाँच सय सात जना र ग्रेड वृद्धि तर्फ १८ जना परीक्षार्थी सहभागी भएको उहाँको भनाई छ ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ