सुदूरपश्चिम विश्वविद्यालयको चौंथो दिक्षान्त समारोह सम्पन्न

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो चौंथो दिक्षान्त समारोह सम्पन्न गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयको विभिन्न ९ ओटा संकायका स्नातक र स्नातकोत्तरका १ हजार ३ सय ३६  बिद्यार्थी मध्य ३ सय ७८ जना विद्यार्थी सहभागी थिए ।

दिक्षान्तमा तीन प्रकारका पुरस्कार प्रदान गरिएको थियो । जसमा चान्सलर हेमन्त भट्ट सिजिपिए ३.५८, भ्वाइस चान्सलर नबिन प्रसाद जोशी सिजिपिए ३.९९, गोल्ड मेडल निरा जोसी सिजिपिए ३.४८ प्राप्त गरेका थिए ।

भने, ११ वटा पदक बितरण गरिएको थियो। जसमा गणेश दत्त  शर्मा सिजिपिए ३.५२, हेमन्त भट्ट सिजिपिए ३.५८, बिरेन्द्र चाेधरी सिजिपीए ३.९२,  हरिश प्रसाद अवस्थी सिजिपीए ३.७७, अभिषेक नेगी सिजिपिए ३.८६, सुनिल थापा सिजिपिए ३.८४, नवीन प्रसाद जोशी सिजिपिए ३.९९ र टार्जन भन्डारीले सिजिपिए ३.९८ प्राप्त गरि पदक जित्नु भएको थियो ।

समारोहका अध्यक्ष सुदूरपश्चिम विश्वविद्यालय कुलपति प्रधानमन्त्री पुस्पकमल दाहाल, प्रमूख अतिथि भारतको उत्तराखण्ड स्थित कूमाउँ विश्वविद्यालयका कुलपति प्रा.दिवानसिंह रावत, शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठ, त्रिबिका उपकुलपति  केशरजंग बराल, अर्थमन्त्रालयका सचिब  कृष्णहरि पुष्कर, शिक्षा सचिब सुरेश अधिकारी सुदुरपश्चिम प्रदेश सरकारका प्रमुख र माननिय लगायत बिभिन्न बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२०६७ साल  असार ३ गते स्थापित विश्वविद्यालयमा हाल १९५४१ बिद्यार्थी अध्ययनरत छन्, भने ५९८ प्राध्यापक र १८४ प्रशासनिक कर्मचारी छन् । विश्वविद्यालयमा  प्रदेशका ९ जिल्लाका १६ आङ्गिक क्याम्पसहरू रहेका छन्।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ