सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए ।

यस्तै उनले आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको जानकारी दिए ।

उनले भने,‘सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली  तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।  आज उहाँको  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक जनाउँन आज मंसिर ३ गते सार्वजनिक बिदा दिने उक्त दिन नेपालभरका र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने पनि निर्णय भएको छ ।’

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ