दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित खोचमा मृत अवस्थामा भेटिएका एक पुरुष र महिलाको परिचय खुल्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित खोचमा मृत अवस्थामा भेटिएका एक पुरुष र महिलाको परिचय खुलेको छ ।

मृत भेटिनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक-५ कि ३२ वर्षीया सरिता राई रहेका छन् ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोचबाट उनीहरूको शव निकालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बुधबार एक पुरुष र महिला मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रदेश ३-०२-००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल समेत भेटिएको छ । जसकारण उनीहरु दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका छ ।

बुधबार साढे ४ बजेतिर प्रहरीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल गएर क्राइम सिन सुरक्षित राखेको थियो । त्यसपछि प्रहरी वृत्त कीर्तिपुरको टोलीले शव जाँच मुचुल्का उठाएको थियो ।

भीर तथा खोच भएका कारण बुधबार शव निकाल्न नसकेपछि बिहीबार विपद्को टोलीले शव निकालेको हो । करिब २ मिटर तलको पहराबाट शव निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ