आइपिएल फाइनल: हैदराबाद र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चेन्नाईमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हरायो ।

फाइनलमा हैदराबादले आइतबार कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले अविजित ५६ रन बनाएपनि टोलीको हार टरेन ।

यस्तै ओपनर यशस्वी जैसवालले ४२, सन्जु सामसन र टोम कहलर क्याडमोरले १०/१० रन बनाउनुभयो । बलिङमा हैदराबादका शहबाज अहमदले तीन विकेट लिनुभयो । अभिषेक शर्माले दुई तथा कप्तान प्याट कमिन्स र टी नटराजनले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।

हैदराबादका लागि हेनरिच क्लासनको ५० रन बनाउनुभयो । राहुल त्रिपाठीले ३७, ओपनर ट्राभिस हेडले ३४, शहबाज अहमदले १८ र अविशेक शर्माले १२ रन बनाउनुभयो ।बलिङमा राजस्थानका ट्रेन्ट बोल्ट र आवेश खानले तीन तीन विकेट लिनुभयो । सन्दीप शर्माले दुई विकेट लिनुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
60%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
21 °C
सोम
24 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ