स्वदेश फर्किए कतारका राजा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनु भएको छ । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किनु भएको हो ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नु भएको हो।

सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आउनु भएको थियो।

उहाँको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुग्नु भएको थियो । उहाँले सोही दिन राष्ट्रपति पौडेललाई भेट्नु भएको थियो ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँसँग भेटवार्ता गर्नु भएको थियो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ