कांग्रेस–एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छ ः डा.डिला संग्रौला

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औंल्याएकी छिन् । उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गरिन ।
विहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महिलाहरुको उपस्थिति रहेपनि त्यो अपुग भएको उनले बताइन ।
उनले कांग्रेस र एमालेबीच किन गठबन्धन गरेको भन्ने प्रश्नको जवाफ जनतालाई चित्तबुझनेगरी दिनुपर्ने पनि बताइन । संविधानमा देखिएका जटिलता, चुनौति र समस्यालाई आत्मसाथ गर्दै विभिन्न भाषाभाषी, धर्म, लिंग, बर्णहरुको समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै संविधान संशोधन हुनुपर्ने बताइन ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ