भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ परेको प्रहरीले दाबी गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट अन्दाजी ४० वर्षीय राजेश भनिने राजन माझीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन दाहालका अनुसार उनी अपहरण र फिरौती असुलीबाहेक अन्य अपराधिक घटनामा पनि संलग्न रहेको पाइएको छ ।

चारवटा डाँकाचोरीको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ । डाँका मुद्दामा नै तिव्र खोजीमा परेका उनलाई पक्राउ गरेर गत बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
drizzle
14° _ 14°
100%
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ