भेरी नदीमा बेपत्ता भएका व्यक्ति अझै भेटिएनन्

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका एक व्यक्ति भेरी नदीमा बेपत्ता भएका छन् । उनको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

उनी अझै भेटिएका छैनन्। चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली खोजीका लागि खटिएको छ। भोलि बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ