रुकुम पश्चिमका पहिरो पीडितलाई तत्काल उचित राहत व्यवस्थापन गराउन रुकुम पश्चिमका सांसदहरुद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरु जनार्दन शर्मा प्रभाकर, चन्द्र बहादुर विश्वकर्मा एवं राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले संयुक्त रुपमा गृहमन्त्री रमेश लेखकलाइ भेटि रुकुम पश्चिमका बाढी तथा पहिरो पीडितलाई तत्काल उचित राहतको व्यवस्थापन आग्रह गरेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका—१२ लगायत विभिन्न वडामा असार ३१ गते राती गएको पहिरोका कारण मानविय लगायत भौतिक क्षतिभएकाले तत्काल राहतको व्यवस्थापन गर्न गृहमन्त्रीलाइ ध्यानाकर्षण गराएका हुन ।

बिहिबार गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मृतकका परिवारलाई तत्काल उचित राहत र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन । ज्ञापनपत्र बुझाइ सकेपछी संसद चन्द्र बहादुर बिश्वकर्मा भने, असार ३१ गते राती आएको अविरल वर्षाका कारण मानवीय क्षती सहित भौतिक संरचना पशुपन्छीको मृत्यु भएको, बस्ती समेत जोखिममा रहेको अबस्थामा तत्काल सरकारको उपस्थिती आवश्यक रहेको छ, यस्तो अबस्थामा उचित राहतको माग गरेका छौ । साथै मनसुन सक्रिय रहेको र थप घटनाहरु हुन सक्ने भएकोले सबैजना सजक तथा सतर्क रहन सबैलाइ अनुरोध गर्दछु ।

सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
few clouds
11° _ 11°
100%
1 km/h
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
24 °C
बिहि
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ