राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीज्युले बोल्दैगर्दा संसदको नियमावली २०७९ को नियम २१ को यहाँ होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसदको रेर्कडबाट हटाइयोस् । एयरोपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो, संसदको नियमावलीकाके नियम २६ को र अर्को नियम २१ को उपनियम ‘घ’ मा कसैलाई अपमानित गर्ने शब्द र कसैलाई घोच्ने शब्द प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोल्नु भएको छ यो  रेकर्डबाट हटाइयोस्। ’ साथै उनले प्रधानमन्त्री बोलिरहेको समयमा उभिएरै विरोध गरेका  थिए  ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ