नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् ।


नेपाल न्यूज बैंकसँग उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन् ।
उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन् । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो ।


त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए ।


उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिए ।
साथै उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ ।


उनले भने,‘भूकम्पको क्षति सामान्य नै छ । अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन् । दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ । प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो । त्यस्तो अरु केही छैन् विवरण ।’
त्यस्तै जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूमम्पको सामान्य क्षति रहेको बताउँदै विवरण संकलन गर्ने काम जारी रहेको बताए ।


शुक्रबार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
77%
3 km/h
मंगल
29 °C
बुध
28 °C
बिहि
23 °C
शुक्र
27 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ