प्रहरीले गर्‍यो अखाद्य बस्तु उद्योग सिल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राती ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ ।

म्याद गुज्रिएका करोडौँ मुल्यकाे अखाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री वितरण गरेको पाइएपछि सिल गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।  

आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भइरहेको भन्ने गोप्य सूचनाको अधारमा यस कार्यालयबाट खटिएका विशेष प्रहरी टोली र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उक्त कार्य गरेको सप्रमाण फेला पारेपछि उद्योगमा सिल गरेको हो । प्रहरीले मिति मेट्न प्रयोग हुने सामाग्री, ठुलो परिणाममा म्याद गुज्रिएको सामाग्री बरामद गरेको छ ।

मिनाक्षि खाद्य उद्योगका सञ्चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक कागजात सहित तीन दिन भित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन गरेको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
few clouds
11° _ 11°
100%
1 km/h
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
24 °C
बिहि
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ