आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गर्नुभएको थियो ।

सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

बैठकमा सत्ता पक्षका दलका नेताहरु तथा जनमोर्चा र नेमकिपाका सांसदले छलफलमा भाग लिनुभएको थियो ।

बैठकमा उठेको जिज्ञासामाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुँदै बैठकमा उठेको विषयलाई सम्बोधनको प्रयास सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ