पेट्रोलियम पदार्थको मूल्य घट्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

निगम सञ्चालक समितिको बसेको बैठकको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटाएको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एकसय ६२ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एकसय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एकसय ६५ रुपियाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एकसय ४९ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एकसय ५१ र तेस्रो वर्गअन्तर्गत एकसय ५२ रुपियाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
1 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ