राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गरेका छन् ।

शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो ।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनेछन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शुक्र
13 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ