छापावाला सुन एक लाख २५ हजार दुई सय पुग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, चैत ६ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. एक लाख २५ हजार दुई सय कायम भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला रु. एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला रु. सात सयले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु. एक लाख २४ हजार छ सय कायम गरेको छ ।

सोमबार तेजावी सुन प्रतितोला रु. एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला रु. एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार पाँच सय २५ निर्धारण भएको छ । रासस

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
1 km/h
शनि
27 °C
आइत
26 °C
सोम
25 °C
मंगल
23 °C
बुध
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ