थप सहयोगका क्षेत्रमा कतारी अमिरको चासो

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको भेटवार्ता सकिएको छ ।

दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न काठमाडौं आएका थानीसँग राष्ट्रपति निवास शीतल निवासमा दुई पक्षबीच भेटवार्ता भएको थियो ।

भेटवार्तामा कतारका अमिरले नेपालका लागि गर्न सकिने थप सहयोगमा चासो राखेका थिए । राष्ट्रपति पौडेलले भने मध्यपूर्वको द्वन्द्वबारे चिन्ता रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको बताए । पौडेलले त्यस क्षेत्रमा युद्धको अन्त्य र शान्ति पुनर्स्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका छन् ।

त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौता सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सुखद् वातावरण तयार हुने बताए । उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

भेटवार्तामा जलवायु परिवर्तन, हिमाल, पानीको स्रोत र वातावरण सन्तुलनजस्ता विषयमा पनि छलफल भएको छ । ‘विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तन भएको छ । यसमा सबैको सहकार्य हुन जरुरी छ । विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।

अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।

सेयर: 23
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
22%
6 km/h
सोम
27 °C
मंगल
27 °C
बुध
29 °C
बिहि
30 °C
शुक्र
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ