लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफंैबाट भएको बताएकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन् ।

उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ । सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भिर संकटमा छ । यो सरकार आफैंले निम्त्याएको हो । सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो । सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने । सामाजिक सञ्जाल नियान्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमूखी शासकका लक्ष्यणहरु हुन् । सरकारले सदन,सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन् । त्यसैले लोकतन्त्रको असलि खतरा कोही हो भने सरकार आफैं हो ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
77%
1 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ