कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् ।


आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुता सम्बन्धी छलफलमा बोल्दै उनले एमसीसी सम्झौता कुर्सी र सत्ताको लागि मात्र भइरहेको भन्दै कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको आरोप लगाए ।


उनले भने,‘आज पनि के देख्छौं भने एमसीसी सम्झौता पनि मात्र कुर्सी र सत्ताको लागि मात्र भइरहेको छ । कुर्सीसँग सार्वभौमिकता लेनदेन गर्दा सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्मपनि त्यही देखिएको छ । नेताहरुले गरेको त्रुटीको मूल्य चाँही नागरिकले चुकाउनुपर्ने आजसम्मको विडम्बना हो ।’


त्यस्तै उनले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताए ।


उनले भने,‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग भएको छ । केही समय पहिले केपी ओली थाइल्यान्ड नै जानुभएको थियो । नेपालीहरु त्यो त्यही थाइल्यान्ड पर्खेर बसेको थिए । बाबुराम भट्टराईजी अहिले भारत जानुभएको छ । त्यही कुरेर बसेको होलान् । अहिलेको अवस्था थाइल्यान्ड कुरेर बसिराख्नु परेको छ । नेपालका शासक, राजनीतिज्ञ, बुद्दिजीवि र पत्रकारको मनस्थिति कस्तो छ, देउवाको भ्रमणबाट एउटा सानो आँखीझ्याल जस्तो देखिन्छ । यसबाट सिंगो इतिहासलाई बुझ्न सकिन्छ ।’


उनले अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा गलत बहस भइरहेको बताए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ