भुकम्प पीडितकालागि आएको राहत वडाको गोदाममा, स्थानीयमा विरोध सुरु[भिडिओ सहित]

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । रुकुमपश्चिमको सानी भेरीगाउँपालिका वडा नं.८ मा भुकम्प प्रभावितकालागि आएको राहत वितरण नगरि गोदामै थन्काइएको अवस्थामा पाइएको छ ।

जाजरकोट—रुकुम भुकम्प प्रभावितका लागि विभिन्न निकायबाट प्राप्त तीस बोरा चामल, दाल, त्रिपाल तथा अन्य राहत सामग्री अहिले वडाको गोदाममा थन्काएको पाइएको हो ।

आज स्थानीयले गोदामको निरक्षण गर्दा राहत सामग्री वितरण नगरि यसै थन्काइएको भिडिओ सार्वजनिक गरेका छन् । एक स्थानीयले राहत वितरण नगरि गाउँपालिकाले गोदाममा थन्काएको भन्दै भिडिओ सार्वजनिक गरेका छन् । यता, वडा अध्यक्ष प्रेम बहादुर विकले राहत सामग्री अपुग भएकाले वितरण नभएको बताउनु भएको छ ।

उहाँले पर्सि सोमबार सर्वदलिय बैंठक बसि राहत वितरण गरिने बताउनुभयो । उहाँले वितरणमा कुनै राजनीतिक दल वा व्यक्ती विशेष नहुने बताउनुभयो । हामीले भुकम्प प्रभावितलाई राहत वितरण नगरि वडाको गोदाममा थन्काई राख्न मिल्छ ? भन्ने प्रश्नमा उहाँले, राहत अपुग भएकाले माग भएजतिका परिवारमा वितरण गर्न कठिन नसकेको बताउनुभयो ।

अहिले स्थानीयमा राहत वडाले थन्काइ राखेको भन्दै आलोचन भइरहेको छ । राहत निष्पक्षरुपमा वितरण गर्न माग गर्दै सामाजिक संजालमा विरोध भइरहेको छ ।

सेयर: 162
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
94%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ