हावाहुरीले तुलसीपुरमा विद्यालयको छाना उडयो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । बुधबार राति आएको हावाहुरीले विद्यालयको छाना उडाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित भद्रकाली प्रावि कुइरेपानीको टिनको छाना उडाएको हो । 

विद्यालयको छाना उडाउँदा पठन–पाठन प्रभावित भएको छ । राति दुई कोठे भवनको छाना उडाएको विद्यालयका प्रधानाध्यापक दोर्ण देवकोटाले बताए । उनका अनुसार छाना उठाउँदा कक्षा ४ लाई अर्कै कक्षामा राखेर पठन–पाठन थालिएको छ ।

“विहान अलिकति मर्मत गरिएको हो, त्यसमा पनि जोखिम त कायमै छ”,उनले भने “ दुई कोठे भवनका जस्ता उडाएको हो, त्यसमा कक्षा ४ लाई बढि प्रभाबित बनाएको छ ।” कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ५० जना विद्यार्थी छन् ।  

त्यस्तै हावाहुरीले तुलसीपुर ८ स्थित मावि अस्वाराको ८ कोठे भवनको भ¥याङ्मा लगाएको जस्तापाता पनि उठाएको छ । ठाउँ–ठाउँमा रुख सडक समेत अबरुद्ध पारेको छ । 

बुधबारराति १० बजेदेखि आएको हावाहुरी तथा बर्षाले गर्दा दाङमा गर्मीले गर्दा विदा भएका विद्यालय विहीबारदेखि खुलेका छन् । गर्मीका कारणले प्रभावित भएको जनजीवन पनि सहज भएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ