बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु

सञ्जु शर्मा
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड – गैरआवासीय नेपाली संघ (NRNA) को दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबार (१५ मार्च २०२५) देखि थाइल्याण्डको बैंककस्थित रेमब्रान्ट होटलमा सुरु भएको छ। “Empowering the Youth, Shaping the PNO’s Future” (युवाको सशक्तीकरण, पिएनओज्‌को भविष्य निर्माण) भन्ने नारासहित सुरु भएको यो सम्मेलन दुई दिनसम्म चल्नेछ।

सम्मेलनको उद्घाटन समारोह नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा, रोजिना प्रधान राई लगायत संघका पदाधिकारी, पत्रकार, कलाकार तथा विभिन्न देशबाट आएका गैरआवासीय नेपाली अभियन्ताहरूको उपस्थिति थियो।

सम्मेलनको पहिलो दिन बिहान ८ बजेबाट अतिथिहरूको दर्ता र आगमन प्रक्रिया सुरु भएको थियो। त्यसपछि सहभागीहरू एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) भ्रमणका लागि प्रस्थान गरे, जहाँ उनीहरूले संस्थाको अवलोकन गर्दै प्रविधि र नवप्रवर्तनसम्बन्धी अनुभव आदानप्रदान गर्ने अवसर पाए। AIT भ्रमणपछि आयोजना गरिएको ‘Meet & Greet’ कार्यक्रममा सहभागीहरूबीच आपसी चिनजान तथा नेटवर्क विस्तार गर्ने अवसर मिल्यो।

दिउँसो १६:१५ बजे सुरु भएको उद्घाटन समारोहमा विभिन्न वक्ताहरूले युवाहरूको भूमिकाबारे चर्चा गरेका थिए। नेपालबाट युवाहरूको विदेश पलायन बढ्दै गएको र देशमा श्रमशक्ति घट्दै गएको अवस्थामा प्रवासी नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, र पूँजीलाई नेपालको समृद्धि र विकासमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो।

सम्मेलनको दोस्रो दिन (मार्च १६) विभिन्न महत्त्वपूर्ण छलफल सत्रहरू आयोजना गरिनेछ। विशेषगरी थाइल्याण्ड, म्यान्मार, फिजी, मलेसियामा रहेका नेपाली मूलका व्यक्ति (पहिलो तथा दोस्रो विश्वयुद्धका क्रममा ती देशहरूमा पुगेका नेपालीहरूको सन्तान, People of Nepali Origin – PNO) तथा नयाँ पुस्ताका गैरआवासीय नेपाली युवाहरूको पहिचान, नागरिकता, र नेपालसँगको सम्बन्धलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिनेछ।

दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा समेत छलफल केन्द्रित गरिनेछ। प्रवासी नेपाली समुदायको भविष्य र उनीहरूको नेपालसँगको सम्बन्ध अझ मजबुत बनाउन आयोजित यो सम्मेलन NRNA NCC थाइल्याण्ड, NRNA ICC युवा विभाग तथा PNO’s समिति, NRNA ICC को संयुक्त आयोजनामा सम्पन्न भइरहेको छ।

सेयर: 19
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
2 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ