चितवनका चार वडामा रास्वपाको अधिवेशन सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संगठन विस्तारलाई तीव्रता दिँदै जिल्लाका चार वडामा अधिवेशन सम्पन्न गरेको छ।

खैरहनी नगरपालिका वडा नम्बर ९, कालिका नगरपालिका वडा नम्बर १०, र इच्छाकामना गाउँपालिका वडा नम्बर ३ र ४ मा अधिवेशन सम्पन्न भएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले जानकारी दिए ।

अधिवेशनले खैरहनी नगरपालिका वडा नम्बर ९ मा निकेश महतोलाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी दिएको छ। त्यस्तै, कालिका नगरपालिका वडा नम्बर १० मा दुर्गालाल तामाङ सभापतिमा चयन भएका छन्। इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा कुसुम गुरुङ र वडा नम्बर ४ मा ताराबहादुर थापाको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति गठन भएको कोइरालाले जानकारी दिए ।

पार्टीले अधिवेशनमार्फत स्थानीय तहमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ। रास्वपाले पुस महिनाभित्रै जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ। रास्वपाको उद्देश्य संगठन विस्तार र निर्माणलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय जनताको सेवामा केन्द्रित हुने रहेको जिल्ला अध्यक्ष कृष्ण भुषालले बताए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
1 km/h
शनि
27 °C
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ