दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

थाइल्याण्ड नेपाल डट्कम

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन् ।

‘दुर्गा प्रसाईं तपाईहरुबाट टाढा छैन । केही १२ भाइ मिडिया हात धोएर मेरोपछि लाग्या छन् । यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना लागिदिनुहोस् । म भागेको छैन, म भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । किनकी मलाई गोञ्जालो बनाएर यो आन्दोलन दबाउन खोजिएको छ । म सुरक्षितमात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हानिदिनु भन्ने प्रधानमन्त्रीबाटै आदेश छ भन्ने सुनेपछि म सुरक्षित मात्र बसेको हुँ । म नेपाल र नेपाली छोडेर म भाग्दिनँ । म भाग्न र झुक्न जन्मेको होईन् । बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन् ।

त्यस्तै उनले आन्दोलनका दिन बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेको समेत आरोप लगाए ।

आफूलाई  गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेको थाहा पाएर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको दाबी गरेका छन् ।

‘चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ,’उनले भने

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
27%
3 km/h
बुध
21 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ