कतार लैजान लागेको भन्दै हात्ती ट्रकमा लोड गरेको भाइरल भिडिओको वास्तविकता के हो ?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने भए पछि भाइरल भएको एउटा भिडिओको वास्तविकता खुलेको छ ।

नेपालका दुई हात्ती ट्रकमा राखेर कतार लैजान लागेको भन्दै भाइरल भएको भिडिओ झुटो भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल सो भिडिओमा ट्रकमा दुई ओटा हात्ती लोड गरिरहेको दृश्य देखाइएको छ ।

उक्त भिडिओमा नेपालका दुई हात्ती कतार लैजान लागेको भन्ने दाबी गरिएको छ । तर, उक्त दाबी झुटो रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

“टिकटकतिर हात्ती लोड गरिरहेको दृश्यको पुरानो भिडिओ राखेर ती हात्ती कतार लैजान लागेको भन्ने दाबी गरिएको रहेछ,” तिवारीले भने, “उपहार दिने भनिएका हात्ती जहाँ थिए, अहिले पनि त्यहीँ छन् । फिल्डमा त्यसको तयारी भइरहेको छ । तर, भिडिओमा दाबी गरेको जस्तै ट्रकमा लोड गरेर लैजानै लागेको भन्ने चाहिं भ्रामक हो ।”

पहिलो पटक राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालको तर्फबाट रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती पठाउने तयारी निकुञ्जले गरेको छ । दुई सरकारबीच औपचारिक निर्णय भएपछि ती हात्ती कतार पठाइने तिवारीले जानकारी दिए ।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ