बैंकक शाखामा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिकतामा सिमित, ढुंगानाको अध्यक्षतामा बनेको कार्यसमिति सार्वजनिक भएन !

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डमा नेपाली भाषीको हितकालागि काम गर्दै आइरहेको थाइ नेपाली संघका क्षेत्रीय शाखाहरुमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिकतामा मात्रै सिमित हुने गरेको पाइएको छ ।

आइतबार थाइल्याण्डको बैंकक शाखामा नयाँ नेतृत्व चयन भएको छ । रामकुमार ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिले चयन भएपनि पुर्ण पदाधिकारीहरुको नामवली सार्वजनिक गरिएको छैन् ।


शाखाको नेतृत्वमा ढुंगाना सहित कुन कुन सदस्यहरु छन् भन्ने विषय पनि जानकारी हुनुपर्ने भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ । विगतमा पनि केहि सिमित प्रतिनीधिको उपस्थिीतिमा नेतृत्व चयन हुने गरेको एक नेपाली भाषीले बताए ।

यता, सामाजिक संजाल मार्फत थाइ नेपाली संघ केन्द्रीय कमिटिले नयाँ समितिलाई बधाई दिदै आफ्नो जातियहरूको हित, सुरक्षा, शिक्षा, खेलकुद, साँस्कृतिक साथै संस्कृतिमा काम गर्न सुझाएको छ । शाखाका निवर्तमान अध्यक्ष लक्छुमन केसीले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुभएको छ ।

सेयर: 68
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ