काठमाडौंमा मधेशी युवाहरुमाथि कुटपिट घटनाप्रति जनकपुरधामका युवाहरु आन्दोलित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । जनकपुरधामका मधेशी युवाहरु आन्दोलित भएका छन् । शनिबार सम्पन्न एनपीएल खेल पश्चात काठमाडौंमा मधेशी समुदायका युवाहरुमाथि कुटपिट भएको घटनाप्रति विरोध जनाउँदै जनकपुरधामका मधेशी युवाहरुले जुलुस र नाराबाजी गरेका छन् ।

उनीहरुले प्रमुख जिल्लाअधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा विभिन्न पहाडी युवा समूहद्वारा काठमाडौंको त्रिवि गेट र परिसर वरपर मधेशी समुदायका युवा युवतीहरुमाथि हातपात, कुटपिट, गालिगलौच जस्ता घटनाप्रति सरकारले नेपालको संविधान र कानुन अनुसार यस्ता सम्प्रदायिक कार्यमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको माग गरिएको छ ।

साथै यस विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।

शनिबार सम्पन्न एनपीएलको खेलमा जनकपुर बोल्टस्ले जिते पश्चात मधेशी समुदायका युवाहरुमाथि कुटपिट भईरहेको र केही युवा घाईते भई अस्पताल भर्ना भएको फोटो र भिडियो सार्वजनिक भएको थियो ।

यस घटनाप्रति मधेशी आयोगले समेत ध्यानाकषर्ण गराउँदै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई घटनामा संलग्न समूहको पहिचान गरि दोषीलाई कारबाहीको लागि अनुरोध गरेको छ ।  

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ