काठमाडौं,। ब्लड क्यान्सरबाट पीडित रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का १७ वर्षीय नविन खड्का आर्थिक अभावले उपचारबाट वञ्चित भएका छन् ।
डेढ महिनाअघि क्यान्सर भएको पत्ता लागेका खड्काले पैसा नहुँदा उपचार गर्न पाएका छैनन् । उनको परिवारले रुकुम पश्चिमबाट निर्वाचित सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा, चन्द्र बहादुर बिश्वकर्मा तथा राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय लाई सम्पर्कको प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
परिवारले रुकुमबाट प्रतिनिधित्व गर्ने सांसदहरु एवं जनप्रतिनिधिहरुबाट सहयोग पाइन्छ कि भन्ने अपेक्षा गरिरहेको छ । घरको जेठो छोरा नवीन गम्भीर रोगबाट संक्रमित भएपछि परिवारमा ठूलो संकट परेको छ । बुवा लालसिं खड्काकाअनुसार छोरालाई काठमाडौस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
तर, खेती किसानीमा आश्रित सामान्य परिवारलाई ब्लड क्यान्सरको उपचारको लागि आर्थिक संकट परेको छ ।खड्काले घरको जग्गा धितो राखेर पैसा निकालेको तर अब पैसाको अभाव रहेको बताए । चिकित्सकले लगातार दुई वर्षसम्म उपचार गर्न सकेमा सुधार हुने बताएकोले छोरालाई बचाउन उनले गुहार मागेका छन् । खड्का आफै पनि मुटुको रोगी छन् ।
अहिले पैसाको अभावमा काठमाडौको बिरानो सहरमा सहाराविहिन भएको उनले दुखेसो गरे । आफूसँग अब छोरोको उपचार गर्न सक्ने आर्थिक रकम नभएकोले परिवारमा बिपत्ति पर्ने पीरमा उनी छन् । अब कहा के गर्ने हो ? उनलाई केई पत्तो छैन ।
पारिवारिक अवस्था कमजोर, घरको सम्पति बेचेर उपचार गर्न सम्भव नभएकोले मनकारी व्यक्तिहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । नविनलाई उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले तपशिलको बैक खाता अथावा इसेवा मार्फत सहयोग गर्न सकिने जनाइएको छ ।
खड्का परिवारले आफ्नो बाध्यता सम्बोधन हुनेगरी सन्देश रुकुमेली सांसदहरु तथा जनप्रतिनिधिहरु सक्षम पुर्याइदिन पनि अपिल गरेको छ । विरामीका बुवाको बैंक खाता विवरण:Name: Lalsing Khadkabank: NIC ASIA BANK LTD, Rukum Branch, AC: B987769341524001 मोबाइल: 9814579138E Sewa Id 9742448348