एनपीएलमा शनिबार पनि दुई खेल हुँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई  खेल हुँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको  कप्तानीमा मैदानमा हुनेछ ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ ।

यसैगरी एनपीएल अन्तर्गत शनिबार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ ।

अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ । तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ । जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ ।

चितवन भने ६ अंकसहित चौथो स्थानमा छ । चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो । सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ ।

एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ । विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ