कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन्ः  सभापति देउवा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका÷उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अरु पार्टीको खिलाप हुँदै होइन । यो सोच÷विचार नै गरिएको सहमति हो ।’

साथै  उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए । प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे ।

साथै उनले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन् । ‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन ।  किताबले मलाई फाइदा भएको होला ।  धन्यवाद दिन चाहन्छु’, देउवाले भने । कार्यक्रममा देउवा भन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन् ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शुक्र
13 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ