कानुन निर्माणलाई लिएर संसद्‍मा पक्ष र प्रतिपक्ष हुँदैनः शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानुन निर्माणलाई लिएर संसद्‍मा पक्ष र प्रतिपक्ष हुन नहुने बताउनुभएको छ । शर्माले कानुन निर्माण न्यायपूर्ण आधारमा हुनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले संघीयता कार्यान्वयन, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सत्ता र प्रतिपक्षका हिसाबले संसद्‍मा प्रस्तुत हुन नहुने उहाँको भनाई थियो । कानुन निर्माणमा संसद्‍‌भित्र सत्ता र प्रतिपक्ष हुँदैन ।

न्यायपूर्ण कानुन निर्माण गर्नुपर्ने हुन्छ । शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । देशलाई आर्थिक विकासमा लैजानका लागि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
72%
बुध
23 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
20 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ