काठमाडौ । सि डिभिजन लिग फुटबल खेल अन्तर्गत आज २ खेल हुदैछन्। दिउँसो १ बजे हुने खेलमा पुल्चोक स्पोर्टस क्लब र झम्सिखेल युवा क्लब खेल्नेछन् भने दिउँसो ४ बजे हुने खेलमा रानीवन स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगा बिच खेल हुनेछ ।
पुल्चोक स्पोर्टस क्लबले २ खेलमा २ खेल नै जितेर ६ अंक जोडेको छ। झम्सिखेल क्लबले भने २ खेलमा १ जित र १ हार सहित ३ अंक ल्याउन सफल भएको छ ।
यस्तै, रानीवन स्पोर्टस क्लबले २ खेलमा २ नै बराबरी गरेर २ अंक जोडेको छ । स्पोर्टस एकेडेमी साँगाले २ खेलमा १ जित र १ हार व्यहोरेर ३ अंक जोड्न सफल भएको छ ।
दुबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । दुबै खेलको प्रत्यक्ष प्रसारण क्यानाडा नेपालको युट्युब च्यानलबाट हुनेछ ।