कार दुर्घटना तीन जना गम्भीर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डस्थित मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगननजिक चौतारामा शनिबार बिहान कार दुर्घटना भएको छ ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार बिहान साढे ७ बजे कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहट मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विवेक साह र मकवानपुरको भिमफेदी गाउँपालिका–८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि एम्बुलेन्समा हेटौँडा ल्याउँदै गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । कार अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ