डेढ किलो गाँजासहित तीन जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओम बहादुर कामी, सोही ठाउँका वर्ष ३७ को गुन्ज बहादुर वि.क. र वर्ष २६ को कृष्ण वि.क. रहेको जिल्ला प्राह्री कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। उनीहरुलाई अबैध लागू औषध गाँजा किनबेच गरिरहेको अवसथामा पक्राउ गरिएको प्रहरीको दाबी छ ।

उनीहरुको साथबाट अबिश लागू औषध गाँजा एक किलो चार सय ३६ ग्राम बरामद भएको पनि डिएसपी यादबले बताए ।

पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुर मुद्दामा पांच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
63%
6 km/h
बिहि
15 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ